Skip to content
Shikhar Insurance
National Life

विशेष आर्थिक क्षेत्र प्रधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस

Hyundai
NCELL
NIMB

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्रधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी नियुक्तिका लागि ३ जनालाई सिफारिस गरेको हो ।

सिफारिस हुनेमा बुढीगांगा ४ बाजुराका छत्र बाहादुर कटुवाल, कामनापा १० का नवराज सापकोटा र मैवाखोला गापा ३ ताप्लेजुङका राम प्रसाद पौडेल रहेका छन् । प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मिति २०८१ असार १२ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचनाका आधारमा दरखास्त स्वीकृत उम्मेदवारहरुमध्ये विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम कार्यकारी निर्देशक सिफारिस समितिको निर्णयानुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तपसिल बमोजिमका उम्मेदवारहरुलाई सिफारिस गरिएको मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्