Skip to content
Shikhar Insurance
National Life

विशाल बजारको सेयर रजिष्ट्रार बन्यो प्रभु क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनीका प्रबन्ध सञ्चालक गगन बहादुर बीके र प्रभु क्यापिटलका प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्