Shikhar Insurance
National Life

विशाल बजारको सेयरमा म्यानुपुलेसन भएको भन्दै सेबोनको पत्र

प्रमिला भट्ट
२०८१ मंसिर १८, मंगलवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । संकास्पद सेयर कारोबार भएको आसंकामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशाल बजार कम्पनी लिमिटेड (बीबीसी) लाई अनुसन्धान सुरु गरेको छ । बिगत ५ दिनदेखि सेयर मुल्यमा ४ सकारात्मक सर्किट सहित उच्च उछाल आएकाले काराेबारमा कैफियतकाे संका गर्दै सेबोनले कारोबार विवरण मागकाे पत्र काटेको हो ।

पत्रकाे बारेमा सिंहदरबारलाई सेबोन स्रोतले बतायाे ‘विशाल बजार कम्पनीको वित्तीय विवरण माग गर्दै पत्र काटेका छौं, कम्पनीकाे वित्तीय विवरण आएपछि यसबारे थप कदम चाल्ने छौं ’ । कम्पनीको सेयरमा म्यानुपुलेसन भएको स्विकार गर्दै स्रोतले भन्याे ‘ सस्पेक्ट कारोबार भएको संका लागेर सेबोन सुपरिवेक्षण शाखाबाट पत्र गएको छ, अनुसन्धान पछि कारबाही हुन्छ ’ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१० हजार टार्गेट भन्दै कस्ले खेलिरहेको छ विशाल बजारको सेयरमा ?

कारोबारमा कैफियत भएको स्वीकार गर्दै नेप्सेका एक अधिकारीले सिंहदरबारसँग भने ‘चलखेल भइरहेको छ । कृतिम डिमान्डको करणले सेयरमा सर्किट लागेको हो, मूल्य अनौठो तरिकाले बढेको छ ।’ वित्तिय स्वास्थ्य राम्रो नभएको कम्पनीको सेयर मूल्यमा लगातार उछाल आउनू आफैंमा चलखेलको प्रमाण भएको उनको भनाइ छ ।’

गत बुधबार देखि उछाल सुरु भएको कम्पनीको सेयर पाँच कारोबार दिनमा चार पटक सकारात्मक सर्किट नै लागेको छ भने आजको कारोबार दिनमा समेत ६.४८ प्रतिशतको उच्च वृद्धि हुँदै प्रति सेयर मूल्य भने ७ हजार १५ रूपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय आस्था भने गन्जागोल रहेको छ । कम्पनीले बिगत ३ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा नगर्नुका साथै, कुनैपनि वित्तीय रिर्पोट सार्वजनिक समेत गरेको छैन । पटक–पटक नियामकीय कारबाहीमा परेको यो कम्पनीको सन २०२१ को रिर्पोट अनुसार इपीएस जम्मा ३ रुपैयाँ रहेको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्