Skip to content
Shikhar Insurance
National Life

‘विवाह मौसममा ट्रम्पको सुनौलो उपहार: सुनको मूल्यमा भारी गिरावटको संकेत’-गुरु प्रसाद पौडेल

Hyundai
NCELL
NIMB

काठमाडौं । सुन अर्थात् पहेलो धातु । नेपाली बजारमा तिहारताका एक तोलाको करिब रू.१ लाख ७० हजारसम्म पुगेको २४ क्यारेटको पहेलो धातुको मूल्य अहिले नेपाली बजारमा प्रतितोला रू. १ लाख ६० हजार आइपुगेको छ ।

सुनमा धेरै लगानी गर्नेहरूका लागि यो अलि नमिठो लागे पनि यो मंसिरमा छोराछोरीको विहे गर्नेहरूका लागि भने सुखद विषय हो । अनि किन घटिरहेको छ त सुनको मूल्य ? यो सुनको अर्थशास्त्र बडो गजबको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले सुनको मूल्यमा गिरावट आएको सबैको बुझाइ छ । त्यसैले अहिलेको यो सुनको मूल्य घटाइलाई डोनाल्ड ट्रम्पको सुनौलो उपहार भन्दा पनि हुन्छ । ट्रम्पको विजयले अमेरिकी अर्थतन्त्र बलियो हुने जसका कारण डलर मजवुत हुनपुग्दा सुनको भाउमा अरू दवाव सिर्जना हुनसक्छ भनेर थोरै अनुमान गर्न त जसले पनि सक्ला । तर सुन पनि त्यति कमजोर छैन । ज्यादै तल झर्ला र किनुला भनेर बस्दा नराम्रो झट्का लाग्न पनि सक्ला ।

नेपाली मात्र हैन अधिकांश भारतीय, बंगलादेशी, श्रीलंकनहरूले सुनमा गरेको लगानीलाइ सम्पति जोडेको रूपमा मात्र हेर्दैनन साजसजावट, गहना गुरीयामा पनि यसको व्यापक प्रयोग गर्छन । हाम्रोमा कुनै धार्मिक कार्यक्रममा सुन पानीले चोख्याउने भन्ने चलन पनि पुरानै हो । त्यसो त ठूलै घोप्लाबाजी गरेकालाई सामान्य कारबाही गरेर चोख्याउन खोज्दा पनि सांकेतिक रूपमा सुनपानीले चोख्याएको भन्ने चलन पनि छ ।

सुन हेर्दै राम्रो, त्यसमा पनि सुनमा भएको अमूल्य गुनले यसलाई अझ बढी सुनौलो बनाएको छ । सुन सबैभन्दा नरम धातु मध्येमा पर्दछ । एक ग्राम सुनबाट करिब २ किलोमिटर लम्बाइको मसिनो तार बन्छ भनेर पहिलो पटक सुन्दा झन्डै म ढलेको थिए । सुनको लचकता जति छ सुन धारण गर्नेलाइ यसले त्यतिकै मजवुत वनाइदिन्छ । स्वर्णदान उत्तम दान मानिन्छ, ५० वर्षमा मनाइने स्वर्ण जयन्ति कति रमाइलो, स्वर्ण अक्षरको कुरै नगरम ।

सुन चाँदी व्यवसायमा आवद्द व्यवसायीहरूका अनुसार नेपाली वजारमा दैनिक सुनको माग करिब ४० देखि ५० केजीसम्म हुने गर्दछ । जसमा नेपाल राष्ट्र बैंकको अनुमति लिएर दैनिक रूपमा करिब २० केजीका हिसाबले बैंक तथा वित्तीय संस्था मार्फत व्यापारीले पैठारी गरी ल्याएको सुनले करिब आधाजसो भाग आपूर्ति हुने गर्छ भने बाँकी यहीको पुरानो सुनको खरिद विक्रीबाट हुने गर्छ (यो ठूलो अध्ययन गरेर निकालेको निचोड नभइ यसमा आवद्द व्यवसायीहरूसँगको छलफलबाट प्राप्त निचोड मात्र हो) ।

जसरी सुन धेरै हुने व्यक्ति धनि हुन्छ, त्यसैगरी धेरै सुन जम्मा गरी राख्ने राष्ट्र पनि धनी राष्ट्र मानिन्छ । संयुक्त राज्य अमेरिकासँग सबैभन्दा बढी सुन भएको मान्यता छ । अमेरिकासँग करिव ८१५० टन सुन छ, भारतसँग करिव ८०० टन मात्र । “लंकामा सुन छ, कान मेरा बुच्चै” भनेको चाँही श्रीलंकामा धेरै सुन भएर भनिएको चाँही होइन है ।

(राष्ट्र बैंकका निर्देशक पौडेलको फेसबुक वालबाट साभार)

GBIME

प्रतिक्रिया दिनुहोस्