Skip to content
Shikhar Insurance
National Life

आन्दोलनकारी लगानीकर्ताको व्यवहारप्रति बोर्ड कर्मचारीको चित्त दुखाई

Hyundai
NCELL
NIMB

काठमाडौं । विवादास्पद लगानीकर्ता दीपेन्द्र अग्रवाल नेतृत्वको आन्दोलनकारी समुह नेपाल धितोपत्र बोर्डका कर्मचारीप्रति गरेको व्यवहारबाट रूष्ट बनेका छन् । घर जानेबेला कार्यकक्षमै रोकिनुसँगै अपशब्द प्रयोग गरेपछि कर्मचारीहरू दुःखित भएका हुन् ।

बोर्डको खुमलटारस्थित कार्यालयमा असोज ५ र ६ गते दीपेन्द्र अग्रवाल नेतृत्वका लगानीकर्ताले आफ्ना माग राख्ने क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरेको नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले जनाएको छ । बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समय भन्दा पछि कार्यालय प्रवेशद्वारमा अवरोध गरी कार्यालय भित्र नै अघोषित रुपमा बन्धक बनाएको र कर्मचारीप्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले सघसँगै बोर्डका सम्पूर्ण कर्मचारीलाई दुःखित बनाएको संघले जनाएको छ ।

बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्डको अध्यक्ष नरहेको अवस्थामा नीतिगत निर्णय हुन नसक्ने अवस्थाको बारेमा बोर्ड व्यवस्थापनबाट जानकारी गराउँदै गर्दा कर्मचारीलाई कार्यालय बाहिर निस्कन नदिई उनीहरूले अमर्यादित शब्दको प्रयोग गरेका थिए । यस्तो कामले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुगेको संघको ठहर छ ।

यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानको सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षा प्रबन्ध गरी सुरक्षित कार्यवातारणको प्रबन्ध गर्न, तथा लगानीकर्ताले दबाव मार्फत आफ्ना समस्या समाधान गर्नु नपर्ने व्यवस्थित प्रणाली विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष कर्मचारी संगठनले माग गरेको छ । साथै कर्मचारीहरुको इमान्दारीतामाथि निराधार आक्षेप लगाउने तथा तथ्यहीन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजारजस्तो संवेदनशील क्षेत्रको नियमन निकायमा सहज रुपमा कार्य वातावरण बन्न नदिइ बजारबाट अबान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति/समूहलाई बल पुग्ने प्रति चनाखो हुन सबैलाई कर्मचारीहरूले अपिल गरेका छन् ।

लगानीकर्ता अग्रवाल आफू सञ्चालक भएको कम्पनीका नाममा अधीक सेयर कारोबार गर्ने, इन्साइडरदेखि कर्नरिङसम्ममा संलग्न रहेर समयसमयमा विवादास्पद बन्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्