Skip to content
Shikhar Insurance
National Life

विवादमा फसेको नेपाल रिपब्लिक मिडियाको आईपीओ जेठ २६ देखि

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले जेष्ठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । रिपब्लिक मिडिया सञ्चार माध्यमहरुको तर्फबाट सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी हो तर नेटवर्थ गणनामा बिधि मिचेर आईपीओ जारी गरेको भन्दै कम्पनी विवादमा भने तानिएको छ ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सोमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरु र २ लाख १७ हजार ६५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा जारी हुने हुने सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर छ । कम्पनीको बाँकी रहको ३५ लाख २५ हजार ४३० कित्ता साधारण सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको आईपीओलााई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्