Shikhar Insurance
National Life

विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस् : खेलकुदमन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गरेका हुन् । उनले खेलकुदे शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताए । उनले खालि समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्