Shikhar Insurance
National Life

विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गरिने भएको छ । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतकारुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भइरहेको छ । पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् ।

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले भने ‘विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने विश्वास छ, उनले त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो ।’ अहिले विद्यालय नर्स कार्यक्रमका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्