Skip to content
Shikhar Insurance
National Life

विद्यार्थीले ‘कनेक्ट आइपीएस’ मार्फत फी भुक्तानी गर्दा १० हजारसम्मको छात्रवृत्ती पाउन सक्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । ‘कनेक्ट आइपीएस’ले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । ‘कनेक्ट आइपीएस’ले २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गर्दा १० हजारसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको हो ।

यो अफर बैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुने कम्पनीले जनाएको छ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसको आधिकारिक वेबसाईट (www.connectips.com) मा बिजेताको जानकारी प्रकाशित गरिने र भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।

भुक्तानीकर्ताले कनेक्ट आइपीएसको वेब वा एपमा लग इन गरी Creditors payment अन्तर्गत Educational मा क्लिक गरी Schools मा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्ने कनेक्ट आइपीएसले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्