Shikhar Insurance
National Life

विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर नजिक, करिब १८ महिनाकाे आयात धान्ने

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १७:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.०५ प्रतिशत रहेको हो ।

आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड पुगेको छ । यस्ले  १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ । नेपाल सरकारको खर्च ५ खर्ब ५६ अर्ब १२ करोड र राजस्व परिचालन ३ खर्ब ९९ अर्ब ६० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्