Shikhar Insurance
National Life

विदेशमा काम गर्ने नेपालीलाई आईपीओमा १० प्रतिशत हिस्सा पक्का

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ०८:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अब बैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षण पाउने पक्का भएको छ । मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को पाँचौं संसोधन मार्फत वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो ।

नेपाल धितोपत्र बोर्डको प्रस्तावमा सरकारले त्यस्तो व्यवस्था गरिदिएको हो । वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याउन प्रोत्साहन गर्ने उदेश्यले वैदेशिक रोजगारीका नागरिकलाई आईपीओमा कोटा दिईएको हो । हाल बैंक तथा वित्तिय संस्थाहरु र बीमा कम्पनीहरुले न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाइड्रो पावर कम्पनीहरु लगायतले भने जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याउनुपर्छ । सर्वसाधारणलाई छुट्याइएको हिस्साबाटै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा आरक्षण दिईनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्