Skip to content
Shikhar Insurance
National Life

विदेशबाट फर्केर पशुपक्षी फार्म थालेका चौधरीले कमाउँछन् मनग्गै धन, व्यवसाय विस्तारका लागि बैंकले दिएनन् ऋण

Hyundai
NCELL
NIMB

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी गर्दै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेका हुन् ।

चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् । गत वैशाखमा मात्रै उनले ३५ वटा बङ्गुरका पाठा बिक्री गरी एक लाख पाँच हजार आम्दानी गरे । अझै फार्ममा २२ बङ्गुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् । गत महिना मात्रै चौधरीले तीन हजारको कुखुरा बिक्री गरे ।

फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसकेका उनलाई सुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्ला दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएकोे छ । वर्षमा चौधरीले फार्मबाट पाँच लाख आम्दानी गर्दै आएको र यसबाट परिवारको खर्च सहज रुपमा चलेको छ । “फार्ममा रहेका बङ्गुर, बाख्रा, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरा बेच्नका लागि बजारको निकै अभाव छ” उनले भने, “ग्राहक खोज्दै बजार चहार्दै हिँडनु परेको छ । निकै प्रतिस्पर्धा हुँदा सस्तोमै फार्ममा पालिएका पशुपक्षी बेच्नुपर्ने बाध्यता छ ।” फार्ममा रहेका पशुपक्षी बिक्रीका लागि बजार सहज भए व्यवसायलाई विस्तार गर्न सकिने चौधरीले बताए ।

फार्ममा बढी लगानी गरे डुब्ने डर छ । बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उनले उल्लेख गरे । विसं २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ थियो ।“विदेशी भूमिमा पसिना चुहाएर १८ घण्टाभन्दा बढी चर्को घाममा काम गर्नुपर्दथ्यो” उनले भने, “त्यही दुःख सम्झदै स्वदेशमै काम गर्ने निधो गरी फर्केको हुँ ।” फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा विहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताए ।

फार्ममा उहाँसंगै उनकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिएपछि दुई वर्षसम्म बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको थियो ।“कोरोनाका कारण व्यवसाय नै थला प¥यो” उनले भने, “लगानी आधा डुब्यो । कोरोनाको सङ्क्रमण घटेसँगै हाल व्यवसायले गति लिन थालेको छ ।” अझै व्यवसायलाई विस्तार गर्ने चौधरीको सोच छ ।

त्यसका लागि लगानी जुटाउन विभिन्न बैंकमा पुगेपनि ऋण भने पाउन कठिन भएको छ ।“बैंकले आर्थिक मन्दिका कारण ऋण दिन बन्द गरेका छन्” उनले भने,“ऋण पाइए व्यवसायलाई विस्तार गरी नगरपालिकामै नमूना पशुपक्षी फार्म सञ्चालन गर्ने योजना छ ।” सरकारी अनुदानसमेत चौधरीले हालसम्म पाउन पाएका छैनन् ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्