Skip to content
Shikhar Insurance
National Life

विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

Hyundai
NCELL
NIMB

भरतपुर । नयाँपुस्ता आरन पेशाप्रति आकर्षित देखिँदैनन् । परम्परागत पेसा छाडेर युवा विदेशिनेक्रम बढ्दो क्रममा गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा राजकुमार  दैनिकजसो फलामका सामग्री बनाएको अवस्थामा भेटिन्छन्।

पृथ्वीराजमार्गबाट करिब ५० मिटर माथि जस्तापाताले बार छाएको एउटा सानो छाप्रोमा ४१ वर्षीय उनले आफ्नो भविष्य यही पेसामा खोजेका हुन्। “आगोको रापमा बसेर काम गर्न सजिलो छैन । कमाई पनि त्यति राम्रो हुँदैन”, पसिना पुछ्दै राजकुमार थप्छन्, “मासिक ४० हजारको हाराहारीमा कमाई हुन्छ ।”

उनी हँसिया, खुर्पा, कोदालो, खुकुरी, दाउलगायत बनाउने गर्छन् । राजकुमारका ग्राहक चितवन, धादिङ, गोरखा तनहुँसम्मका छन् । नयाँ सामग्री बनाएर गाउँ लगेर बेच्छन् ।उनी  हँसिया अर्जापेको  एकसय, कोदालीको ७०  लिन्छन्। नयाँ हँसियालाई चार सय देखि  पाँच सयसम्ममा बेच्ने गरेको राजकुमार सुनाउछन् ।

मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसामा आकर्षण विस्तारै घट्दै गएको उनी बताउछन्। “पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अझै अघि बढेको देखिँदैन । आगोको तातो रापमा बस्न कठिन छ । धेरैले यो व्यवसाय गर्दैनन्”, उनी भन्छन्, “कमाई पनि भनेजस्तो छैन राजकुमारलाई अहिले छोराले सहयोग गरिरहेका छन् ।”

कसरी लागे राजकुमार आरन पेसामा 

राजकुमारले आरन व्यवसाय थालेको जम्मा पाँच वर्ष पुग्यो । आरन व्यवसाय सुरु गर्नुभन्दा पहिले उनले साउदीमा तीन वर्ष बिताए। “साउदीमा राम्रै कमाई थियो । स्वदेशमै केही उद्देश्यका साथ फर्किए”, राजकुमार भन्छन्, “चुनौतीकाबीच आरन पेसा अँगालेको छु ।”

उनले १० वर्ष काठमाडौंमा फलामका सामग्री बनाउने कम्पनीमा काम गरेका थिए। त्यहाँ राम्रो कमाई नभएपछि फिस्लिङ आएर आरन व्यवसाय गर्न थालेका हुन् । “सानैदेखि मैले यो पेसा जानेको होइन । दस वर्ष काठमाडौंमा बस्दा सिकेँ । बढी काम गर्नुपर्ने, पैसा पनि धेरै भएन”, उनी भन्छन्, “बरु आफ्नै व्यवसाय सुरु गर्छु भनेर यता लागेँ ।” यसबाट परिवार पाल्न सकेकामा सन्तुष्ट नै रहेको राजकुमार बताउछन्।

आरन पेसाको चुनौती

गाउँघरमा कोइला पाउन मुश्किल छ । बाहिरबाट ल्याउँदा कोइलाको मूल्य बढी लाग्ने उनी बताउछन्। फलामको मूल्य बढ्दा पहिलेजस्तो घरेलु औजारको बिक्रीवितरण हुन छाडेको छ, खेती किसानी गर्ने मानिस पनि घट्दै गएकाले विगतमा जस्तो व्यापार नभएको राजकुमारको गुनासो छ । परम्परागत पेसालाई यहाँ युवापुस्ताले आधुनिकीकरण गरेको भेटिँदैन । यसका लागि ठूलो लगानी लाग्ने हुँदा राज्यले सहयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्