Skip to content
Shikhar Insurance
National Life

वित्तीय क्षेत्रका कर्मचारी मिलेर आधुनिक शौचालय निर्माण गर्दै, बैंकर्सको प्रतिष्ठा वृद्धिमा सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा आधुनिक शौचलाय निर्माण गर्ने भएका छन् । कोरिया फाइनान्सियल इण्डस्टी फाउन्डेशन (केएफआइएफ) को आर्थिक सहयोग तथा लुम्बिनी विकास कोषको सहकार्यमा संघले ‘जेन्डर सेपरेट स्मार्ट पब्लिक ट्वाइलेट’ निर्माण गर्न लागेको हो ।

लुम्बिनी गुरुयोजना परिसर गेट नं. ४ निर्माण हुने सो ट्वाइलेटको फागुन १३ गते शिलान्यास समेत भइसकेको छ । जसको शिलान्यास युनएनआइ एशिया एण्ड प्यासिफिकका महासचिव राजेन्द्र कुमार आचार्य र लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई तथा सदस्य सचिव सानुराजा शाक्यले गरेका हुन् ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको संरक्षण एवं वित्तीय क्षेत्रमा पारदर्शिता र सुशासन कायम गरी वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि निरन्तर क्रियाशिल रहँदै आएको नेपाल वित्तीय संस्था कर्मचारी संघले समाज प्रति पनि टेड युनियन उत्तरदायी रहेको सन्देश दिने उद्देश्यका युनियन सोसल रेस्पोन्सिबिलिटि (युसएसआर) अन्तरगत सो सार्वजनिक शौचालय निर्माण गर्न गइरहेको संघका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले निर्माणाधिन सार्वजनिक शौचालयको लागि सहयोग पुर्याउनु हुने सम्बन्धित सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै अन्य टेड्र युनियनहरुले समेत सामाजिक कार्य प्रति उत्तरदायित्व हुनु पर्ने सन्देश नेपाल वित्तीय संस्था कर्मचारी संघले दिएको बताए ।

प्रमुख अतिथि राजेन्द्र आचार्यले यस्ता सामाजिक कार्यको लागि युनएनआइ एशिया एण्ड प्यासिफिक सदैव अग्रसर रहेको बताए । भविष्यमा समाज प्रति टेड्र युनियन उत्तरदायी हुँदै यस्ता कार्यहरु निरन्तर गर्दै जाँदा टेड्र युनियनको सामाजिक प्रतिष्ठा बढ्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

सो प्रोजेक्टकै कारणले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी युनियनहरुको प्रतिष्ठालाई सुधार्न सहयोग गर्ने फियनका उप–महासचिव विकास श्रेष्ठले बताए ।

‘कोरियाको फाइनान्सियल इन्स्टिच्यूटमा कार्यरत हामी जस्तै कर्मचारीहरूले आफ्नो तलबबाट लेवी उठाएर हाम्रो जस्तो विकासोन्मुख देशहरूमा सहयोग पठाउने कार्यक्रम गरिरहेको हुन्छ, यसपटक फियनको स्मार्ट टोइलेटको परियोजना मनपराएर अन्य साउथ एसियन देशहरू मध्ये नेपाल छनौट भएको हो । यस्ता परियोजनाहरुले गर्दा कर्मचारी संघहरु माथिको नकारात्मक छविलाई सुधार्ने तथा हामी आफ्ना मागहरु मात्र होईन, परि आएको खण्डमा समाजलाई योगदान गर्न पनि जान्दछौ भन्ने संदेश समाजमा जान्छ,’–उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE