Skip to content
Shikhar Insurance
National Life

विजय लघुवित्तले २०.०३१ प्रतिशत लाभांश दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

२९ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको २० दशमलव ०३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

लघुवित्तको हाल चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँ छ । सेयरधीलाई २० दशमलव ०३१ प्रतिशतका दरले पाँच करोड ३४ लाख दुई हजार ५१५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्