Skip to content
Shikhar Insurance
National Life

विजय लघुवित्तले घोषणा गर्याे २१.०५ प्रतिशत लाभांश, बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ १० गते बसेको संचालक समितिको १५६औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २१.०५२६ प्रतिशतका दरले हुन आउने ६ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले घोषणा गरेको कुल लाभांश मध्ये २० प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने १.०५२६ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने ३३ लाख ६८ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्