काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताउँदै अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको उल्लेख गरे ।
अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुन: शुरु गरिएको बताउँदै उनले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने र देशको शिघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक शुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शिघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।’
प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शिघ्र विकास गर्नेगरी सरकारले काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्