Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको पौने ७५ अर्ब रुपैयाँ कर्जा डिफल्ट, सबैभन्दा बढी खराब कर्जा नबिल बैंकमा

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जामा पाैने ७५ अर्ब रुपैयाँ उठ्न नसक्ने अवस्थामा पुगेको छ । ऋणीले समयमै साँवा ब्याज भुक्तानी नगर्दा चालु आवको पहिलो त्रैमासमै वाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) ७४ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ पुगेको हो ।

चालु आवको असोज मसान्तसम्म २६ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसकोे १.७४ प्रतिशत समयमै साँवा ब्याज भुक्तानी नभएको खराब कर्जा हिस्सा रहेको छ ।

खराब कर्जाको व्यवस्था
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जासम्झौता अनुसार कर्जा प्रवाह गर्छन् । सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नु पर्ने हुन्छ ।

यसरी ऋणीले कर्जा सम्झौता अनुसार साँवा ब्याज भुक्तानी नगरेपछि बैंक तथा वित्तीय संस्थाहरुले त्यस्ता कर्जालाई डिफल्ट अर्थात् निष्कृय कर्जा (खराब कर्जा) मा वर्णीकरण गरी सोही अनुसार कर्जा नोक्सानी वापत प्रोभिजन गर्नुपर्छ ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नुपर्छ । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यस्ता बैंक तथा वित्तीय संस्था जोखिम भएको मानिन्छ । भने, राष्ट्र बैंकले शिध्र सुधारका कारर्वाही अघि बढाउने गरेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाँघि एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो ।

जसमा कर्जाप्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । साथै, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यदी ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जाला शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाकोे ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ । साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

कुन बैंकमा कति खराब कर्जा ?
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअनुसार प्रतिशतको आधारमा सो अवधिमा सबैभन्दा बढी खराब कर्जा सनराइज बैंकमा छ भने परिमाणको आधारमा सबैभन्दा बढी नबिल बैंकमा खराब कर्जा छ ।

असोज मसान्तसम्म प्रवाहित कुल कर्जामा नबिल बैंकको २.३८ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ खराब कर्जा रहेको छ । बैंकले असोज मसान्तसम्म ३ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

परिमाणको आधारमा भने सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा यस्तो कर्जा बढी देखिन्छ । चालु आवको पहिालो त्रैमासमा सबैभन्दा बढी नबिल बैंकले नै कर्जा प्रवाह गरेको छ ।

यस्तै, सनराइज बैंकले चालु आवको पहिलो त्रैमाससम्म कुल १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसको २.९४ प्रतिशत अर्थात् ३ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।

सो अवधिमा प्रतिशतको आधारमा सबैभन्दा थोरै एभरेष्ट बैंकमा र परिमाणको आधारमा सबैभन्दा थोरै नेपाल एसबिआइ बैंकमा खराब कर्जा रहेको छ । चालु आवको पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकले कुल १ खर्ब १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको ०.३६ प्रतिशत अर्थात् ४१ करोड ९० लाख रुपैयाँ खराब कर्जाको रहेको छ ।

साथै, एभरेष्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १ खर्ब ५६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसको ०.३३ प्रतिशत अर्थात् ५१ करोड ५८ लाख रुपैयाँ बैंकको खराब कर्जा रहेको छ ।

ऋणीले तिर्नु पर्ने समयमा साँवा ब्याज भुक्तानी गरेपछि सो अवधिमा बैंकहरुमा २.९४ प्रतिशतदेखि ०.३३ प्रतिशतसम्म खराब कर्जा रहेको तथ्यांकले देखाउँछ । जसमध्ये १० वटा बैंकको २ प्रतिशतदेखि ३ प्रतिशतसम्म, ११ वटा बैंकको १ देखि २ प्रतिशतसम्म र ५ वटा बैंकको १ प्रतिशतभन्दा कम छ ।

परिमाणको आधारमा भने बैंकहरुले चालु आवको पहिलो त्रैमासमा प्रवाहित कुल कर्जामा ३ वटा वाणिज्य बैंकको ५ अर्बदेखि ७ अर्ब २ करोड रुपैयाँसम्म, ६ वटा बैंकको ३ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म, ९ वटा बैंकको २ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म, ५ वटा बैंकको १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म र ३ वटाको १ अर्ब रुपैयाँभन्दा कम खराब कर्जा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE