Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरूको बिजनेसः निक्षेप ह्वारह्वार्ती घट्दै, कर्जा प्रवाह सोही दरमा बढ्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूबाट धमाधम रकम बाहिरिन थालेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वित्तीय संस्थाबाट निक्षेप निकालिन थालेको हो भने कर्जा प्रवाह निरन्तर बढ्दो छ ।
भदौको पहिलो ४ दिनमा वाणिज्य बैंकमा रहेको निक्षेप ६ अर्ब ६० करोडले घटेको छ । अर्कोतर्फ कर्जा भने १३ अर्ब ८७ करोडले विस्तार भएको छ ।

साउनको अन्तिम ३ दिनमा सामान्य बढेको निक्षेप भदौ लाग्दै घटेको हो । कर्जा प्रवाह भने ७ दिनमा २२ अर्ब ७७ करोडले बढेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांक अुनसार साउन २९ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४१ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ कर्जा रहेकामा साउन ३२ सम्म बढेर ४१ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।

भदौको ४ दिनमा कुल संकलित निक्षेप घटेर ४१ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँमा ओर्लिएको छ ।

यसैगरी, साउन २९ सम्म कुल ३७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा साउन मसान्तमा बढेर ३७ खर्ब ६३ अर्ब ८३ करोड रुपैयााँ पुगेको थियो । ४ दिनमा कर्जा अझ विस्तार भएर ३७ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE