Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकका सीईओहरूलाई राष्ट्र बैंकले फेरि बोलायो, र्‍याडिसनमा आज हुँदैछ जमघट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलका लागि बोलाएको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो र्‍याडिसन होटल बोलाएको हो ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था निमयन विभागले यसअघि पनि सीईओहरूलाई र्‍याडिसन होटल बोलाएको थियो । सुपरीवेक्षण विभागले भने निरीक्षण तथा सुपरीवेक्षणमा भेटिएका कमी कमजोरी तथा कारबाहीबारे वृहत छलफल गर्न बोलाएको हो ।

‘आज दिउँसो छलफलका लागि राष्ट्र बैंकले बोलाएको छ, निरीक्षण तथा सुपरीवेक्षणबारे कुरा गर्ने भन्ने छ,’ एक बैंकका सीईओले सिंहदरबारसँग भने, ‘अस्ति भर्खरै पनि नियमन विभागले र्‍याडिसन नै बोलाएको थियो । त्यो बेला गभर्नर सा’बले मर्जरको सुविधा लिन आह्वान गर्नु पनि भएको थियो ।’

उनका अनुसार अहिले सीडी रेसियो, एनपीएल, प्राथमिकता प्राप्त क्षेत्रको कर्जा र पूँजी कोष अनुपातबारे कुरा हुन सक्छ । उनले हरेक वर्ष राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागले छुट्टाछुट्टै कार्यक्रम राखी आर्थिक वर्षको अन्त्यमा बोलाउने गरेको सुनाए ।

आजको कार्यक्रममा पनि गभर्नर महाप्रसाद अधिकारी आउन सक्ने अनुमान उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्