Shikhar Insurance
National Life

वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन्- ‘छलफल जारी छ, बिआरआईबारे अहिले नै बोल्न हतार गर्नु हुँदैन’

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन् । चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको बताएका हुन् ।

भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताए । उनले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने जनाए । उनले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बिआरआईलाई लिएर काँग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइएपनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गर्दै भने, ‘खासगरी बिआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बिआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं ।’

उनले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा काँग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताए ।

उनले प्रधानमन्त्रीको चीन भ्रमण मुलत: राजकीय भ्रमण भएपनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गर्दै भने, ‘चीन र नेपालबीचको सम्बन्धको विषयलाई तीन वटा आयामबाट हेर्न जरुरी छ । एउटा, राजकीय सम्बन्ध, अर्को कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध र जनस्तरको सम्बन्ध । यो तीन विषयका हिसाबले नेपाल–चीन सम्बन्धलाई बुझ्नुपर्छ जस्तो लाग्छ । अहिलेको सत्तासिन दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेस आवश्यकताको आधारमा हुने भएकाले जुनसुकै देशको भ्रमण पनि पहिलो हुनुपर्दछ भन्ने मान्यतामा छौं ।’

काँग्रेस र एमाले आवश्यकताको आधारमा छिमेकी देशको भ्रमण गर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएका छन् । जसमा भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षरदेखि नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

चीनले प्रश्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रश्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा दुवै देशले चासो दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्