Shikhar Insurance
National Life

वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भूमिका उल्लेखनीय छ: वनमन्त्री ठकुरी

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १७:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् ।

उनले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताउँदै सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गरे ।

कोषको अध्यक्ष समेत रहेका उनले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै भने, ‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ ।’

सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको उनले जनाएको छ ।उनले भने, ‘आगन्तुकहरुको लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रुपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ । यसका लागि कोषको एकल प्रयास मात्र पर्याप्त थिएन । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भुमिका छ ।’

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्