Skip to content
Shikhar Insurance
National Life

लेटाङमा नेपाल बंगलादेश बैंककोे एक्स्टेन्सन काउन्टर

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङ्गको लेटाङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकले नगरपालिकाको बुधवारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको हो ।

बुधवारे बजार लेटाङ्ग नगरपालिको वडा नं. १, २ र ३ तथा केरावारी गाउँपालिकाको वडा नं. ९ का लागि केन्द्रको रुपमा स्थापित भई बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालिकाको अनुरोधका साथै ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याइ हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ एक बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । सो उक्स्टेन्सन काउनटरको शुभारम्भ प्रदेश नम्बर १, मोरङ्ग ‘ख’का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत सरकारबाट बै‌किङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवा सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE