Skip to content
Shikhar Insurance
National Life

लेखापरीक्षणमा एआई प्रयोग गरी ‘फेसलेस परीक्षण’ गर्नुपर्छ : तोयम राय

Hyundai
NCELL
NIMB

काठमाडौं । लेखापरीक्षणमा एआई प्रविधिको प्रयोग गर्नुपर्ने प्रस्तावित महालेखापरीक्षक तोयम रायले बताएका छन् । संसदीय समितिमा सुनुवाइको क्रममा आफ्नो भनाइ राख्दै रायले लेखापरीक्षणमा उच्च प्रविधि प्रयोग गर्ने बताएका हुन् ।

रायले संसदीय समिति समक्ष  ६ वर्षमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका छ्न् । कार्ययोजना प्रस्तुत गर्दै रायले भने ‘अहिले प्रविधिको समय छ, लेखापरीक्षणमा एआईको समेत प्रयोग गर्नुपर्छ।’

महालेखापरीक्षक कार्यालयमा लामो समयसम्म एकै कर्मचारी हुने भएकाले त्यसको उपयुक्त प्रयोग गर्ने रायको भनाइ रहेको छ। पुरानो तरिकाको लेखापरीक्षणबाट अब काम नहुने भन्दै फेसलेस लेखापरीक्षणमा जानू पर्ने रायको तर्क रहेको छ ।

आफू महालेखापरीक्षक बने संस्थागत जटिलता निर्मूल गर्ने, कर्मचारीहरुको मनोवल बढाउने र लेखापरीक्षणलाई गुणस्तरीय र नतिजामुखी बनाउने योजना रहेको उनको भनाइ छ ।

हाल रायको विषयमा संसदीय समितिमा संसदहरुले छलफल गरिरहेका छन् । रायको नियूक्ती सिफारिस विरुद्ध संसदीय समितिमा १ वटा प्रेस विज्ञप्ति र अर्को बेनामे उजुरी परेको छ । उजुरी ठोस रुपमा नआएकोले संवैधानिक परिषदले गरेको सिफारिस राम्रो भएको नेकपा एमालेका नेता तथा सासंद महेश बर्तौलाले बताएका छन् ।

एमालेका अर्का नेता देवेन्द्र दाहालले ट्रान्स्फरेन्सी इन्टरनेशनलले निकालेको विज्ञप्ति व्यक्ति लक्षित भएको आरोप लगाए । उनले भने ‘अरु बेलामा विज्ञप्ति निकाल्नु नपर्ने अहिले नै आँखा खुल्नुले संस्थामाथी नै प्रश्न खडा भएको छ ।’

नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भने अरु व्यक्ति नियुक्तिको बेलामा उजुरीको बाढी लाग्ने गरेको र अहिले उजुरी नै नपरी व्यक्ति छनोटमा पारदर्शी भएको बताए । उनले ट्रान्सफरेन्सी इन्टरनेसनलले उठाएको विषय सैद्धान्तिक रुपमा सहि भएको समेत बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्