Skip to content
Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण

Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा गरिसकेका छन् । उनी विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्