Skip to content
Shikhar Insurance
National Life

लुम्बिनी जनरल इन्स्योरेन्सद्वरा ७.३५ प्रतिशत लाभांश घोषणा, नगद र लाभांश कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न ७.३५ प्रतिशत लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाला कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ लागि ०.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्