Skip to content
Shikhar Insurance
National Life

लिम्बू समुदायको संस्कृति पुस्तान्तरण गर्न सांस्कृतिक महोत्सव

Hyundai
NCELL
NIMB

फिक्कल । आदिवासी याक्थुङरलिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा सांस्कृतिक महोत्सव हुने भएको छ । किरात याक्थुङ चुम्लुङको आयोजना यही फागुन २४ र २५ गते हुने भएको हो ।

वर्तमान युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको मूल आयोजक समितिकी संयोजक बुद्धमाया सोङ्मीले बताईन् । उनले भनिन्,“भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङरलिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा आदिवासी याक्थुङरलिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुतिहरु रहेनछन् ।”

महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङरलिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिईन् । उनका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।

महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने महोत्सव प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताए । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । याक्थुङरलिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुले प्रयास गर्दै आएका छन् ।

पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवातीहरु संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताए । राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्