Skip to content
Shikhar Insurance
National Life

लाभाशं प्रस्ताव पारित गर्न डाक्याे नेक्सजेन म्यानेजमेन्टले असाेज १९ गते साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले असाेज  १९ गते साधारण सभा बोलाएको छ । कम्पनीले होटल यलो पगोडा काठमाडौंमा सातौ बार्षिक साधारण सभामा आव्हान गरेको हो ।

कम्पनीले  सञ्चालन भएको ३ महिनमा नै सेयरधनीलाई ५ प्रतिशत लाभांश घाेषणा गरेकाे छ । पुर्ब बैंकरहरुले सात बर्ष अगाडि सम्पती ब्यवस्थापन र सल्लाहका सेवा दिने गरि यो कम्पनी स्थापना गरेका हुन् । तर विविध कारणले २०८१ वैशाख एक गतेबाट मात्र कम्पनीले नियमित कारोबार संचालन गरेको थियो।

कम्पनीको सुरु संस्थापकमा बिएन घर्ती, बलराम बिष्ट, रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थि रहेधको थिए । सभामा कम्पनील साधारण सभामा आव २०८०/८१ को वित्तिय विवरण पारित गर्नेछ ।

सभामा लेखा परिक्षकको नियुक्ति गर्ने र नया संचालक समितिको मनोनयन गर्ने साधारण प्रस्ताव राखेको छ।

त्यसै गरि विशेष प्रस्ताव अन्तर्गत ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि’ रहने गरि कंपनिको नाम परिवर्तन गर्ने,सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्नेछ । जारि र चुक्ता पुँजी वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनीसंग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा राखेको छ।

कम्पनीले कारोबार प्रारम्भ गरे पछि साना ठुला उधोगपति ब्यवसायिको कम्पनी प्रति आकर्षण बढेको थियो। लगानि सम्मेलनमा कोरियन कम्पनीले विदेशि लगानी ल्याउन नेक्सजेनसंग समझौता पनि गरेको थियो।

कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राईभेट ईक्विटि र भेन्चर क्यापिटल सम्बन्धि कामहरु, सल्लाहकार सेवा र सिमित मात्रामा केही संस्थाको सम्पति ब्यवस्थापन संम्बन्धि काम पनि गर्ने कार्यक्रम बनाएको कंम्पनिका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारि दिएका छन।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE