Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । बैंकले पुस ३० गते १६औं वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकले सभाले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साथै, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस २० गते बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्