Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारणसभा

Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुष २९ गते साधारण सभा बोलाएको छ ।

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुष २९ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुष १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुष १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्