काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पुष १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा सभा बस्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने बैंकले जनाएको छ ।
सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल असार मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आव २०८०/०८१ नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको बैंकले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि पुष ३ गते सेयरधनी दर्ता किताब बन्द रहने बैंकले जनाएको छ । पुष २ गतेसम्म नेप्से कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्