Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरले बोलायो कात्तिक ५ गते साधाराण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिकको निर्णय अनुसार सभा कात्तिक ५ गते होटल इम्पेरीयल बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे आव्हान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने, सो सम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १६ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE