Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, मर्जर/एक्विजिसन पनि प्रमुख एजेन्डा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीहरुलाई २२औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले लगानीकर्ताहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न मंसिर ५ गते साधारण सभा डाकेको हो।

बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्