Skip to content
Shikhar Insurance
National Life

लाभांश पारित गर्न हिमालयन एभरेष्टले बोलायो साधारण सभा ,कहिलेसम्म बन्ने सेयरधनी ?

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले चैत २९ गते, बुधबार २९औं वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनी फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । सभा वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्नेछ ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्वीटिमा एको परिवर्तनहरु समेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश र सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्