Skip to content
Shikhar Insurance
National Life

दुई सातामा लागूऔषध काराेबार गरेकाे आराेपमा २ विदेशीसहित १० जना पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडाैं। प्रहरीले पछिल्लो दुई सातामा २ करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी  सार्वजनिक गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागूऔषध विरुद्धको अपरेसनमा उनीहरुलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँचजना नेपाली छन् । उनीहरुका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरु डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्रट छन् । उनीहरुमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्