काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्सबारे बुझाउन सहायता कक्ष संचालन गरेको छ । बोर्डले दुई जना कामु निर्देशकहरु लाई सहायता कक्षको जिम्मा दिएको हो । बोर्डले नयाँ स्टक एक्सचेञ्ज, दुईवटा कमाेडिटि एक्सचेञ्ज र तीन प्रकारका ब्रोकरहरुलाई लाइसेन्स आव्हान गर्दै सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । बोर्डले स्टक र कमाेडिटि एक्सचेञ्जका लागि ४५ दिन र ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन भनेको थियोे । सो प्रक्रियामा सहजीकरण गर्न भन्दै बोर्डले कामु निर्देशकहरु तोलाकन्त न्यौपाने र नवराज पण्डितलाई सहायता कक्षमा खटाएको हो ।
लाइसेन्सबारे बुझाउन धितोपत्र बोर्डमा सहायता कक्ष

प्रतिक्रिया दिनुहोस्