Skip to content
Shikhar Insurance
National Life

ललिता निवास प्रकरणः थप तीन पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौं महानगरपालिका-४ का सचिव तथा हाल महानगरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्