Skip to content
Shikhar Insurance
National Life

ललिता निवासमा मेरो स्वार्थ जोडिएको छैनभन्दै बाबुराम भट्टराईकाे स्पष्टीकरण

Hyundai
NCELL
NIMB

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताएका छन् ।

डा. भट्टराईले ललितता निवास प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने पनि बताएका छन् । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि उनले सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका छन् ।

 

आफू १९ महिना प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्‍बाट भएका यावत् निर्णय आफूले स्मरण गर्न कठिन हुने उनले बताएका छन् । उनले भने,’सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै उनले लेखेका छन्, ‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’

तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो । त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन ।

देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवासलगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।

 

GBIME

प्रतिक्रिया दिनुहोस्