Skip to content
Shikhar Insurance
National Life

ललितानिवासमा मीनबहादुर, विजय गच्छदारसहित २८६ प्रतिवादी

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले २८६ जनालाई ललितानिवास जग्गा प्रकरणमा प्रतिवादी बनाउन सिफारिस गरेको छ भने यसमा संलग्न २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं-५ का तत्कालीन वडासचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । उनीहरु सबै पक्राउ परिसकेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर बालकृष्ण श्रेष्ठ, भूमिसुधार तथा व्यवस्था विभागका रुद्रकुमार श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका प्रमुख कलाधर देउवालाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी, दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसालविरुद्ध पनि मुद्दा चलाउन सीआईबीले भनेको छ ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, सीआईबीले पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ,राज्यमन्त्री सञ्जयकुमार शाहलगायतलाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ।
सीआईबीले दिएको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ ।

सीआईबीले प्रतिवादी बनाउन क-कसलाई सिफारिस गर्‍यो ? हेर्नुस् सूची :

GBIME

प्रतिक्रिया दिनुहोस्