Skip to content
Shikhar Insurance
National Life

लर्ड बुद्धको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीलाई रोजगारी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् ।

लर्ड बुद्धका ६० जना विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए । प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले उम्मेदवारहरूको क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

शिक्षा र उद्योग बिचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले जानकारी दिए । ‘हामी हाम्रा विद्यार्थीहरू र यस वर्षको प्लेसमेन्ट ड्राइभको सफलताप्रति सन्तुष्ट छौँ’ अध्यक्ष जालानले भने ।

यस कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई क्यारियर बनाउने अवसरहरू मात्र नभई, रोजगारी बजारको विकसित आवश्यकताहरूसँग हाम्रा शैक्षिक कार्यक्रमहरू पङ्क्तिबद्ध रहन सुनिश्चित गर्दै उद्योगसँगको हाम्रो सम्बन्धलाई पनि सुदृढ बनाउने लर्ड बुद्धले जनाएको छ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले शिक्षा र उद्योगबीचको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्