Shikhar Insurance
National Life

लय समाउँदै सेयर बजार, ४८ अंकले नेप्से बढ्दा ३० अर्ब २६ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । अघिल्लो हप्ताभर पहिरो गएको सेयर बजारमा यो हप्ता भने हरियाली छाएको छ । विकास बैंकको नकारात्मक प्रभाब बाट उच्च गिराबटमा पुगेको बजारलाई यो साता भने लघुवित्तले टेको लगाउन सफल भएको हो । तर फन्डामेन्टल्ली कमजोर रहेका केहि कम्पनीहरुको मूल्यमा आएको उछालले बजारमा सोझा लगानीकर्ताहरु भने फेरिपनि बल्छी दाउमा पर्ने उच्च जोखिम भने कायमै छ ।

पछिल्लो समय खराब प्रदर्शनका कारण विकास बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि बजारमा पहिरो नै गएको थियो । तर यो साता भने बजारले लय समाएको आभास दिएको छ । ५ दिन नै कारोबार भएको यो साता ४ कारोबार दिन बजार बढेको थियो भने १ कारोबार दिन भने सामान्य अंकले बजार घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो साता ४४.४८ अंकले घटेको बजार यो साता ४८.८६ अंकले बढेर २६३५.०९ बिन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । यो साता ६ करोड ८१ लाख ५५ हजार ७ सय २१ कित्ता सेयर किनबेच हुँदा ३० अर्ब २६ करोड ३४ लाख ४१ हजार ४ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तो छ साताको सेयर बजार :

साताको पहिलो कारोबार दिन अर्थात पुस २१ गते सेयर बजार ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको थियो ।

आइतबार ३ सय २७ कम्पनीको ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको थियो भने ८ कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।

साथै, आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले घटेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात पुस २२ गते सेयर बजार ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दु बजार बन्द भएको थियो ।

सोमबार ३ सय १२ कम्पनीको १ अर्ब ५४ हजार ६१ सय २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार २ सय २६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।

सो दिन आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात पुस २३ गते सेयर बजार ६.१६ अंकले बढेर २६४६.८४ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

मंगलबार ३ सय ५ कम्पनीको १ अर्ब २० हजार ८१ हजार कित्ता बढी सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार १ सय २६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७ कम्पनीको सेयर मूल्य घटेको थियो भने १० कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।

सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटट लागेको थियो भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात पुस २४ गते सेयर बजार ६.३८ अंकले बढेर २६५३.२३ को बिन्दुमा बजार बन्द भएको थियो ।

सो दिन ३ सय ५ कम्पनीको १ करोड ५० लाख २७ हजार कित्ता बढी सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार १ सय ३९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मल्य स्थिर रहेको थियो ।

बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने सामुदायीक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात पुस २५ गते सेयर बजार १८.१४ अंकले घटेर २६३५.०९ बिन्दु बजार बन्द भएको हो ।

बिहीबार ३ सय ८ कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता बढी सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९।२३ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्