Skip to content
Shikhar Insurance
National Life

लघु बीमाको लाइसेन्स पारदर्शी ढंगले दिन्छौं, त्यसपछि अरु लाइसेन्स आउँदैनन्ः अध्यक्ष सिलवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा लघु बीमापछि अरु लाइसेन्स नआउने दावी गरेका छन् । राष्ट्रपति विद्या भण्डारीबाट बीमा ऐन प्रमाणित भएपछि सिंहदरबारसँग कुरा गर्दै उनले बाँकी कार्यकाल अवधीभर कुनै पनि प्रकारका बीमा कम्पनीहरुलाई लाइसेन्स नदिने स्पष्ट पारेका हुन् ।‘मैले एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिएँ, पारदर्शी बनाउँदा पनि आलोचना भयो, अहिले प्रतिष्पर्धा गराएर लघु बीमाको लाइसेन्स दिँदै छौं, यसमा पनि गाली गरिरहेका छन्, अब मेरो कार्यकालमा अरु लाइसेन्स आउँदैन’, अध्यक्ष सिलवालले सिंहदरबारसँग भने ।

उनले इतिहासमै पहिलो पटक आफुले प्रतिष्पर्धाको माध्यमबाट लाइसेन्स दिन लागेको दावी पनि गरे । ‘पुनर्बीमाको लाइसेन्स पनि प्रतिष्पर्धा गराएर अब्बल आवेदकलाई दिएको हो, लघु बीमाको लाइसेन्समा पनि दायाँ बायाँ हुँदैन्, जसको आवेदन गतिलो छ उसैले लाइसेन्स पाउँछ’, अध्यक्ष सिलवालले भने । उनले लघु बीमाको लाइसेन्स वितरण प्रक्रियाको पारदर्शीतामा कुनै प्रश्न गर्ने ठाउँ नै नरहेको पनि बताए । ‘हामीले सार्वजनिक सूचना निकालेका छौं, ३१ वटा आवेदन आएका छन्, आवेदन गर्दा के के कुरा समेट्नुपर्ने हो, सूचनामै उल्लेख गरेका थियौं, अब मूल्यांकन गरेर लाइसेन्स दिन्छौं’, अध्यक्ष सिलवालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफुलाई लाइसेन्सका लागि धेरै ठाउँबाट दबाव आएको तर आफु नझुक्ने बताए । ‘अख्तियार र अदालतको चक्कर काट्ने र बयान दिने काम मैले गर्नु पर्छ, कसैको दबावमा परेर लाइसेन्स दिइँदैन्, पारदर्शितामा कुनै सम्झौता हुन्न’, सिलवालले भने । लघु बीमाको लाइसेन्स माग्दै समितिमा ३१ वटा आवेदन परेका छन् । समितिले जीवन र निर्जिवन गरि सात वटा कम्पनीलाई लाइसेन्स दिने भनेको छ ।

संसोधित बीमा ऐनले समितिको कार्य क्षेत्र वृद्धि गरेको, नियमनको दायरा तथा अधिकारी बढाएको, स्वायत्तता थपिदिएको, बीमा क्षेत्रमा नयाँ संस्थागत संरचनाहरु स्थापना गर्ने अधिकारी दिएको उनले बताए । ऐनले अध्यक्षको कार्यक्षेत्र थपेको, बीमा सूचना केन्द्रको स्थापना, ग्रामिण बीमा कोषको अवधारणा, अभिकर्ताको एकल लाइसेन्सको व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE