Skip to content
Shikhar Insurance
National Life

लघु जीवन बीमकको कुल बीमा शुल्क ४० करोडमाथि, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा लघु जीवन बीमकले साढे ४० करोड रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकहरुले पाँच महिनामा ४० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।

पाँच महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने पहिलो नम्बरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स पर्न सफल भएको छ । कम्पनीले १५ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी, दोस्रो नम्बरमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिर महिनासम्म १४ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पाँच महिनामा ९ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्