Skip to content
Shikhar Insurance
National Life

लघुवित्त बैंकर्स संघद्वारा शान्ति सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरूमाथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरूको मनोबल गिराउने जस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरूमार्फत ज्ञापनपत्र बुझाएकाे संघले जनाएकाे छ।

संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरूमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले त्यस्ता समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरूलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापनपत्र बुझाइएको संघले जनाएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्