Skip to content
Shikhar Insurance
National Life

लघुवित्तहरुले १५ प्रतिशत बढी लाभांश दिँदा १० प्रतिशत सीएसआर छुट्याउनुपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि लघुवित्त कम्पनीहरुले नाफाको एक प्रतिशत बाहेक पनि निश्चित प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था अघि सार्दै १५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गर्ने लघुवित्त कम्पनीहरुले १५ प्रतिशत भन्दा बढी रकमको १० प्रतिशतले हुन आउने रकम संस्थागत उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्नेछ । साथै, वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्नेछ । सो कोषमा जम्मा भएको रकम निम्नानुसार हुने गरी अर्को आर्थिक वर्षमा खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।’राष्ट्र बैंकको नयाँ व्यवस्थामा भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्