Skip to content
Shikhar Insurance
National Life

लघुवित्तहरूलाई बदनाम गराउन खोजियोः संघ

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रामीण अर्थतन्त्र विकासमा वित्तीय सहयोग गर्ने मुख्य भुमिका रहेको लघु वित्त वित्तीय संस्थालाई बदनाम गर्ने खोजिएको भन्दै त्यसको खण्डन बैंकरहरुले गरेका छन् । केही दिनयता लघुवित्तीय संघर्ष समितिले केही लघुवित्तहरुले कर्जामा चर्को ब्याज र सेवा शुल्क लिएको भन्दै लघुवित्त संस्थाहरुको विरोध गरिरहेको छ ।

नेपालको वित्तीय क्षेत्रमा लघु वित्तले पुर्याएको योगदानलाई समेत धक्का पुग्नेगरि गरिएको प्रचारबाजीबारे नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो ।

‘लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति’को नाममा केही निजी स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमवाट समग्र लघुवित्त वित्तीय संस्थाहरु प्रति लगाएको भ्रामक आरोपहरु प्रति लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

लघु वित्त संस्थाहरुले अवैधानिक तबरले रकम असुलेको भन्दै संघर्ष समितिले त्यस्ता लघु वित्त संस्थाहरुको खारेजीको माग गरिरहेका छन् । विभिन्न सञ्चार माध्यममार्फत् गरिएका यस प्रकारका प्रचारबाजी झुठा र कपोलकल्पित भएको संघको भनाइ छ । कपोलकल्पित रुपमा भनिएका घटनाहरु र लगाईएका सम्पूर्ण आरोपहरुको सत्यतथ्य पत्ता लगाउन लघु वित्त वित्तीय संस्था बैंकर्स संघले जोडदार माग समेत संघले सरोकारवाला निकायहरुसँग गरेको छ ।

हाल देशका ७७ जिल्लाका करिब ५८ लाख सदस्यहरु लघुवित्त संस्थाहरुमा आवद्ध भई आफनो विभिन्न वित्तीय आवश्यता पुरा गरिरहेका छन्। र त्यस मध्ये करिब ३३ लाख सदस्यहरुले विभिन्न परियोजनाको लागि ऋण लिई आयमुलक व्यवसायमा संलग्न रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्