Skip to content
Shikhar Insurance
National Life

लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची, ११५ रुपैयाँ कमाउँदा २० रुपैयाँ मात्रै बाँड्न पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांशमा दोश्रो पटक कैँची लगाएको छ । अब लघुवित्त कम्पनीहरुले १५ प्रतिशत भन्दा बढी लाभांश वितरणमा अतिरिक्त सर्तहरु पालना गर्नुपर्छ । राष्ट्र बैंकले घ वर्गका संस्थाहरुका लागि जारी गरेको एकिकृत निर्देशन संसोधन गर्दै १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने कम्पनीहरुले बढी हुने रकमको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा, १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोष, ३५ प्रतिशत ग्राहक संरक्षण हित कोषमा राख्नुपर्नेछ ।

राष्ट्र बैंकले अघि सारेको नयाँ व्यवस्था अनुसार लघुवित्त कम्पनीले २० रुपैयाँ लाभांश वितरणका गर्नका लागि एक सय १५ रुपैयाँ कमाउनुपर्नेछ । अर्थात प्रति सेयर ११५ रुपैयाँ नाफा गरेको कम्पनीले २० रुपैयाँ मात्रै लाभांश दिन पाउनेछ । बाँकी रकममा १० रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोष, ३५ रुपैयाँ ग्राहक हित संरक्षण कोष र ५० रुपैयाँ साधारण जगेडा कोषमा राख्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्