Skip to content
Shikhar Insurance
National Life

लगानी सम्मेलन अघि कानुनहरुमा व्यापक संसोधन गरौंः अध्यक्ष अग्रवाल

Hyundai
NCELL
NIMB

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र सुधकारका लागि कानूनहरु संशोधन गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्न लागिरहेको र यसबाट लगानीका बारेमा सकारात्मक सन्देश सञ्चार हुने बताए ।

लगानीलाई प्रोत्साहन गर्न विद्यमान केही कानूनहरुमा सुधार आवश्यक रहेको बताए । उनले समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि अर्थतन्त्रसँग सम्बन्धित कुनकुन कानूनमा के कस्ता संशोधन गर्न आवश्यक छ भन्ने विषयमा कानूनका दफाहरु किटान गरी सुझाव दिन परिसंघले काम गरिरहेको पनि बताए । उनले कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिने हो भने लगानी सम्मेलन लगानीकर्तालाई लगानीको वातावरण र अवसरका विषयमा जानकारी गराउने महत्वपूर्ण स्थान हुने बताए । उनले अर्थतन्त्र चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्दैछ । यसबाट लगानीका बारेमा सकारात्मक सन्देश सञ्चार हुने विश्वास छ । लगानीलाई प्रोत्साहन गर्न विद्यमान केही कानूनहरुमा सुधार आवश्यक छ । समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि अर्थतन्त्रसँग सम्बन्धित कुनकुन कानूनमा के कस्ता संशोधन गर्न आवश्यक छ भन्ने विषयमा कानूनका दफाहरु किटान गरी सुझाव दिन परिसंघले काम गरिरहेको छ । केही दिनभित्रै दिनेछौँ ।’
उनले आफुहरुले अघि सारेको कानूनी सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिने हो भने लगानी सम्मेलन लगानीकर्तालाई लगानीको वातावरण बन्ने दावी पनि गरे । उनले अर्थतन्त्र चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए । ‘बजेटले लिएका लक्ष्य हासिल गर्न कठोर बन्नुपर्ने आवश्यकता देखिएको छ । पूर्वाधार क्षेत्रमा बजेट बढाउनुपर्ने पनि आवश्यकता छ । पूर्वाधार क्षेत्रमा हुने लगानी दीर्घकालीन रुपमा अर्थतन्त्रलाई समृद्धिमा लैजान मद्दत गर्दछ ।’ अध्यक्ष अग्रवालले भने ।

अध्यक्ष अग्रवालले बजेटले लिएका लक्ष्य हासिल गर्न कठोर बन्नुपर्ने आवश्यकता देखिएको बताए । पूर्वाधार क्षेत्रमा बजेट बढाउनुपर्ने पनि आवश्यकता रहेको बताए  । पूर्वाधार क्षेत्रमा हुने लगानी दीर्घकालीन रुपमा अर्थतन्त्रलाई समृद्धिमा लैजान मद्दत गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्