Skip to content
Shikhar Insurance
National Life

लगानी बोर्डमा सुशील ज्ञवाली पक्का, यस्ता छन् ५ प्रतिस्पर्धी

Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्डको कार्यालयको कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीको नाम लगभग पक्का भएको छ । पुन निर्माण प्रधिकरणको सफल नेतृत्व गरेका ज्ञावलीलाई बोर्डको सिइओको जिम्मेवारी दिन लागिएको हो ।

बोर्डको सिइओ बन्न ५ जना प्रस्तिस्पर्धामा आएका छन् । बोर्डको सिइओ बन्न निवेदन दिएकाहरुमा, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई,  रघुराज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँका रघुराज काफ्ले छ्न् ।

यस्तै, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुरका सुशील ज्ञवाली, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषाका रामदेव यादव, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौंका भिष्म राज ढुङ्गाना, रहेका छन् ।  ढुगांना यसअघि नै धितोपत्र बोर्ड अध्यक्ष बनिसकेका छन् ।

प्रतिस्पर्धिहरु धेरै देखिएपनि सुशील ज्ञवालीनै सिइओ बन्ने पक्का भएको छ । एमाले निकट स्रोतका अनुसार शुसिल ज्ञावाली र नेपाल इफ्रास्टक्चर बैंकका पुर्व सिइयो रामकृष्ण खतिवडाबिच प्रतिस्पर्धा रहेको थियो । तर एमालेले खतिवडालाई ब्याक गर्दै ज्ञावालीलाई अघि बढाएको हो । प्रधानमन्त्रीका आर्थिक तथा विका सल्लाहकार डा. युवराज खतिवडा नजिक मानिएका रामकृष्णलाई ब्याक गरिएको हो ।

स्रोतले भन्यो, ‘खतिवडा र ज्ञावाली दुबै एमालेका हुन् तर ज्ञावाली अहिले एमालेको कोर टिम भित्रैको मान्छे हुनुहुन्छ त्यसैले उहाँको नाम पहिलो नम्बरमा सिफारिस भएको हो ।’
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१/०४/२८ गते सूचना प्रकाशित गरेको थियो ।

भदौ १५ गतेको सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्वारहरुमध्ये सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ७ बमोजिम सिफारिस समितिको मिति २०८१/०५/१८ को निर्णयानुसार पाँच जना अन्तर्वार्तामा छनोट भएका हुन् ।

यसअघिका सिइयो शुसिल भट्टको कार्यकाल सकिएपछि नयाँ सिइओ छनोट प्रकृया अघि बढेको हो । पछिल्लो समय बोर्डको सिइयो एमाले निकटबाट छनोट हुँदै आएको छ । पुर्व सिइओ महाप्रसाद अधिकारी, शुसिल भट्ट पनि एमाले कोटाबाट नै सिइओ बनेका थिए ।

Screenshot

 

GBIME

प्रतिक्रिया दिनुहोस्