Skip to content
Shikhar Insurance
National Life

लक्ष्यअनुसार आएन वैदेशिक सहायता

Hyundai
NCELL
NIMB
काठमाडाैं। चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।
आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको बताए।
“सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रूपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड रूपैयाँ परिचालित हुने संशोधित अनुमान राखेको छ”, अर्थमन्त्री डा. महतले भने।
आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री उहाँले बताउनुभयो । चालु आवमा वैदेशिक सहायतातर्फ ५५ अर्ब ४६ करोड रूपैयाँ अनुदान र २ खर्ब ५६ अर्ब रूपैयाँ ऋण उठाउने अनुमान गरिएको थियो ।
दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित बजेट ल्याइएको अर्थमन्त्री महतले बताए ।
GBIME

प्रतिक्रिया दिनुहोस्